कोरोना जितेका हेटौँडाका मोतीलाल भन्छन्ः आत्मबल बलियो बनाए कोरोना भाग्छ

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार १३:०७

विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)लाई हेटौँडाका ५० वर्षीय मोतीलाल पोख्रेलले जितेका छन् ।

गत १२ जेठमा कोरोना संक्रमण पुष्टि भएका मोतीलाल २६ दिनदेखि हेटौँडा–४ स्थित आइसोलेसनमा उपचाररत् थिए । ‘उहाँले २७ दिनपछि कोरोना जित्नु भयो । आज घर पठाइएको छ’, आइसोलेसनका इञ्चार्ज भोला चौलागाईंले भने ।

उनको अन्मित स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको इञ्चार्ज चौलागाईंले जानकारी दिए । मोतीलाल भारतबाट हेटौँडा–९ स्थित घर आएका थिए ।

उनलाई शनिबार बिहान आइसोलेसनबाट भव्य विदाईका साथ घर पठाइएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरूषोत्तम राज सेढाईलगायतले पुष्प गुच्छासहित विदाइ गरेका थिए ।

‘मलाई कोरोना कसरी लाग्यो पत्तै भएन । अहिले कोरोना जितेर घर फर्किन पाउँदा खुशी लागेको छ । मनोबल उच्च बनायो भने कोरोना जिच्न मुस्किल हुँदैन्’, मोतीलालले भने, ‘कोरोनादेखि डराउने होइन् आत्मबल बलियो बनाउनु पर्दो रहेछ । म सबैलाई सतर्कता अपनाएर बस्न आग्रह गर्दछु ।’

मेतिलाल अब होम क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । चिकित्सहरूले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् । आइसोलेसनमा बस्ने उनी एक्ला संक्रमित थिए । शुक्रबार साँझ मात्रै मनहरीका ६ जना कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*