मकवानपुरमै पहिलो पटक राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार १२:२२

हेटौंडा । एक वडा, एक हेलिप्याड’ कार्यक्रम अन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरेको छ । सबै वडामा हेलिप्याड निर्माण गर्ने राक्सिराङ पहिलो स्थानीयत तह हो ।

गाउँपालिकाले ९ वटा वडामै हेलिप्याड निर्माण गरिसकेको जनाएको छ । सरकारको एक वठा एक हेलिप्याड कार्यक्रम अन्र्तगत नै सबै वडामा निर्माण गरिएको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

गाउँपालिकाका सर्वसाधारणलाई स्वास्थ्य समस्या तथा दुर्घटना भएर तत्काल उपचारका लागि अस्पताल पुर्याउनु परेमा हेलिप्याड निर्माण गरेपछि हेलिकप्टर अवतरणका लागि सहज हुने उनले बताए । ‘राक्सिराङ विकट क्षेत्रमा पर्छ, सहज रुपमा यातायातको साधन सबै स्थानमा पुग्न सक्दैन । तत्काल उद्दार गरेर कसैको ज्यान बचाउनका लागि हेलिप्याड निर्माणले सहयोग पुग्छ’,– अध्यक्ष मल्लले भने ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा हेलिप्याड निर्माण गर्नका लागि प्रत्येक वडामा ५० हजारको दरले बजेट बिनियोजन गरेको उनले बताए । कुल ४ लाख ५० हजार रुपैयाँ लागतमा सबै वडाहरुमा हेलिप्याड निर्माण भइसकेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

हेलिप्याड निर्माणले आपत्तकालिन उद्दार र संकटका समयमा सजिलै समाग्री ढुवानी गर्न सकिने पनि अध्यक्ष मल्लले बताए । उनले गाउँपालिकाको विकासका लागि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*