भीमफेदी–देउराली सडक खण्ड पहिरोले अवरुद्ध

बाइलाइन नेपाल
६ असार २०७७, शनिबार ०८:२९
फाइल तस्वीर

हेटौंडा । सडक चौडा बनाउन खनेका कारण भीमफेदी–देउराली सडकखण्ड वर्षा लागेसँगै अवरुद्ध हुन थालेको छ । आजपनि उक्त सडक खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दिनदिनै पहिरो जान थालेपछि उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनहरु मारमा परेका छन् । सडकखण्डको जुरीखेतदेखि देउरालीसम्मको आधा दर्जन स्थानमा पहिरो गएको हो । पहिरोका कारण विद्युतको प‍ोल समेत ढलेको बताइएको छ ।

पहिरो गएपछि यो सडक भएर काठमाडौं जान त्यहाँ पुगेका र काठमाडौंबाट आइपुगेका सवारी रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भइरहे पनि धेरै स्थानमा पहिरो गएकाले समय लाग्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*