वाग्मती प्रदेश सरकारको बजेटप्रति मकवानपुरका सामुदायिक रेडियोहरु असन्तुष्ट

बाइलाइन नेपाल
३ असार २०७७, बुधबार १८:१५

हेटौँडा । वाग्मती प्रदेश सरकारले संसदमा प्रस्तुत गरेको बजेट बक्तब्य मिडियामैत्री नभएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ ((एकोर्याब)) ले रोष प्रकट गरेको छ ।

संघको मकवानपुर समन्वय समितिको बैठकपछि जारी विज्ञप्तीमा सामुदायिक रेडियोसहित अनलाइन, छापा र टेलिभिजनजस्ता माध्यमहरुको प्रवद्र्धनमा सरकारको ध्यान नगएको भन्दै विरोध गरिएको हो ।

संघका अध्यक्ष राजकुमार केसीद्वारा जारी विज्ञप्तीमा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ल्याएको बजेट मिडियामैत्री नभएको, सञ्जार रजिस्टारको कार्यालय स्थापना गरेर सात प्रदेशमध्ये अब्बल बन्न सफल भएपनि प्रदेश सरकारले सामुदायिक रेडियो, अनलाइन, टेलिभिजन र छापामाध्यमहरुको प्रबद्र्धन र सहकार्यका लागि ठोस योजना नल्याएको उल्लेख छ ।

साथै बजेटबारे बहस भइरहेकाले संशोधन गरी गरी मिडिया क्षेत्रका लागि समेत बजेट व्यवस्थापन गरी सामुदायिक रेडियो र साना लगानीका मिडियाको प्रबद्र्धनका लागि ध्यान दिन एको¥याबले बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ ।

यसैबीच बैठकले बन्दाबन्दीका बेला रेडियो सञ्चालन गर्दा खर्च भएको बिजुली र टेलिफोनको रकम मिनाहा गर्न वा भुक्तानीमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणमार्फत उर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । साथै मकवानपुरका १० वटै स्थानीय सरकारसँग सामुदायिक रेडियो कार्यक्रमहरुसँग साझेदारी गर्न तयार रहेकाले नीति तथा कार्यक्रम तथा बजेटमै सामुदायिक कार्यक्रमहरु उल्लेख गर्न एको¥याबले माग गरेको छ ।

मकवानपुरमा सञ्चालित १६ मध्ये ८ वटा सामुदायिक रेडियोहरु रहेका छन् । मुनाफारहित सामुदायिक हीतका लागि सञ्चालित रेडियोहरुले सामाजिक जिम्मेवारीबोध गरी भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने निर्णय पनि (एकोर्याब) जिल्ला समन्वय समितिले निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*