भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा अवरुद्ध

बाइलाइन नेपाल
२ असार २०७७, मंगलवार ०६:५९

हेटौंडा। हेटौंडा–काठमाडौं आवतजावत गर्ने छोटो मार्ग अन्र्तगत भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध भएको छ । सोमबा साँझबाट परेको पानीका कारण पहिरो गएपछि सडकखण्ड अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका– ६ चिसापानी गढि नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको र पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

बाटो अवरुद्ध हुँदा सवारी बिच बाटोमा रोकिएका छन्। जसका कारण गन्तव्यमा हिँडेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*