थाहाको शिखरकोटमा हातधुने स्थान

बाइलाइन नेपाल
१ असार २०७७, सोमबार ०८:०७

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा, लायन्स तथा लियो क्लबहरुको सहयोगमा नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा, बजार ब्यवस्थापन समिति शिखरकोटको समन्वयमा शिखरकोट बजारमा हातधुने स्थानको शुभारम्भ गरियो ।

नेपाल रेडक्रस ससाइटी दामन उपशाखाका पूर्वसभापति तथा नेकपा नगर अध्यक्ष अरुण रायमाझीले हात धोएर शुभारम्भ गरे । साथै सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा दामन सभापति राजकुमार केसी, बजार ब्यवस्थापन समिति अध्यक्ष मनोज रायमाझी, फरकसोचका यादब रायमाझी, उपशाखा दामनका कोषाध्यक्ष राजाराम रायमाझी लगायतको उपस्थित रहेको थियो।

हातधुने स्थान स्थापनाको लागि सहयोग गरेकोमा रेडक्रस जिल्ला शाखा मकवानपुर, लायन्स तथा लियो क्लबहरुलाइ दामन सभापति केसीले धन्यवाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*