आज वाग्मती प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

बाइलाइन नेपाल
१ असार २०७७, सोमबार ०७:३३

हेटौंडा । आर्थिक वर्ष २०७७, ०७८ का लागि आज वाग्मती प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै छ । वाग्मतीसहित अन्य ६ वटा प्रदेशले पनि आआफ्नो बजेट आजै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

देशको संघीय राजधानी रहेको वाग्मती प्रदेशको बजेट सम्पूर्ण ७ प्रदेशको तुलनामा करिब २५ प्रतिशत हुने देखिएको छ । गतवर्ष सबैभन्दा ठूलो बजेट ल्याएको यो प्रदेशको आगामी आर्थिक वर्षमा पनि चालू वर्षकै हाराहारी बजेट ल्याउने उल्लेख गरिएको छ ।

आन्तरिक स्रोत बलियो भएको कारण पनि वाग्मती प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा ५० अर्ब माथिको सार्वजनिक गर्ने तयारी रहेको छ ।

केन्द्र सरकारबाट जम्मा १४ अर्ब ८६ करोडको अनुदान पाएर पनि राजस्व बाँडफाँट र आन्तरिक राजस्वबाट जाने स्रोत प्रदेश ३ को ठूलो रहेको छ । १५ अर्ब ४९ करोडको राजस्व लक्ष राखेकोमा हालसम्म ८६ प्रतिशत राजस्व उठाइ सकेको छ ।

आगामी वर्ष २० अर्ब माथिको आन्तरिक राजस्व उठाउने तयारी प्रदेश सरकारको रहेको छ ।

चालु आवमा वाग्मती प्रदेश सरकारले ४७ अर्ब ६१ करोडको बजेट ल्याएको थियो । जसमा पूजिगततर्फ २२ अर्ब ८४ करोड रहेको थियो । समग्रमा चालु आवमा वाग्मती प्रदेश सरकारले ६० प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । प्रदेश सरकारको आर्थिक वृद्धि दर भने सबै प्रदेशभन्दा कम अर्थात १ दशमलव २३ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*