मकवानपुरे कलाकार देव लामाको उपचारमा हेटौँडा उपमहानगरपालिकाको सहयोग

बाइलाइन नेपाल
३० जेष्ठ २०७७, शुक्रबार २०:०८

हेटौंडा । हेटौंडा– ८ कमाने घर भइ हाल काठमाडौ कलंकी बस्दै आएका कलाकार तथा पत्रकार देव लामाको उपचारका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको छ ।

विभिन्न रोगसंगै घाँटीको समस्याका कारण काठमाडौंमा उपचाररत लामाको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

लामाको उपचारमा सहयोगीहरुलाई मेयर महतले ५० हजारको चेक हस्तान्त्रण गरेका छन् । उपमहानगरपालिका र अभियानले संकलन गरेको रकम केही दिनमा हस्तान्तरण गरिने जनाइएको छ ।

हेटौंडाका कलाकारको एक समूहले पनि १ लाख ७ हजार ४८ रुपैयाँ लामाको परिवारलाई सहयोग गरिसकेको र अभियान अझै जारी रहेको अभियानता रुपक महतले बताए । हेटौंडाका कलाकार आसाकाजी श्रेष्ठ, प्रलय चौलागाईँलगायतकाले संकलन गरेको रकम हस्तान्तरण गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*