वडा अध्यक्ष स्याङ्तानको निधनप्रति मनहरी गाउँपालिकाद्वारा शोक व्यक्त

बाइलाइन नेपाल
३० जेष्ठ २०७७, शुक्रबार २०:०२

मनहरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानको निधनपछि मनहरी गाउँपालिकामा शुक्रबार शोक विदा दिइएको छ ।

गाउँ कार्यपालिकाको आकस्मिक बैठकले शोक विदा स्वरुप कार्यालयका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कलेजोमा भएको क्यान्सरका कारण स्याङ्तानको बिहिबार साँझ चितवनस्थित मेडिकल कलेजमा निधन भएको हो । ५५ बर्षीय स्याङ्तान महिनादिनदेखि बिरामी थिए ।

कार्यपालिका बैठकपछि मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गरेका थिए । कार्यपालिका बैठकलगत्तै कर्मचारी, जनप्रतिनिधिहरुले दिबंगत स्याङ्तानको नाउँमा मौनधारण गरेका थिए ।

जनताबाट अनुमोदित नेताको निधन हुँदा जनताको सपनामाथि पनि बज्रपात भएको अध्यक्ष उप्रेतीले बताए ।

उनी २०४३ सालदेखि कम्युनिष्ट राजनीतिमा सामेल भई बहुदलप्राप्त भएपछिको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन हाँडिखोला गाउँ विकास समितिका उपाध्यक्षमा निर्वाचित हुँदै कार्यबाहक अध्यक्ष समेत बनेका थिए ।

नेकपा एमाले हाँडीखोला गाउँ कमिटीका पटक पटक नेतृत्व गरेका सादा जीवन, उच्च विचारका थिए । राजनीतिबाट लाभ उठाउनु हुँदैन भन्ने मान्यताबाट अघि बढ्ने स्याङ्तानले २०७४ को कठिन अवस्थामा पनि जीत हासिल गरेका थिए ।

यसैबीच उनको शबयात्रा शुक्रबार दिउँसो भएको छ । शुक्रबार बिहान सयौँ नेता कार्यकर्ताले उनको घरमा पुगेर श्रद्धान्जलि व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*