हेटौँडामा थपिए अर्का संक्रमित, हेटौंडा–९ का एक पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि

बाइलाइन नेपाल
१४ जेष्ठ २०७७, बुधबार २०:००

हेटौंडा । हेटौंडामा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ घर भएका एक जना पुरुषमा कोरोना संक्रमण भएको जनाइएको छ ।

५३ बर्षका ती पुरुषको स्वाब संकलन गरी हेटौँडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कोरोना आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले जानकारी दिए ।

ती व्यक्ति भारतबाट आएको भन्ने जानकारीमा आएको चौलागाईले बताए । योसँगै आजमात्र हेटौँडामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै बिहान हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोलमा एकजना महिलामा कोरोना भाइरस पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*