हेटौंडा अस्पतालले रिफर गरेको बिमारीमा कोरोना देखिएपछि चिकित्सक र स्वस्थ्यकर्मीको स्वाब परीक्षण

बाइलाइन नेपाल
१० जेष्ठ २०७७, शनिबार १२:१४

हेटौंडा । हेटौंडा अस्पतालले करिब एकसाता अघि रिफर गरेको बिमारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि हस्पताललमा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षण थालिएको छ ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले दिएको जानकारी अनुसार अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब परीक्षण थालिएको हो ।

करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले जानकारी दिए । ।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्सरे गर्ने प्राविधिक, नर्स सहितका २० जना कर्मचारीलाई आइसोलेसनमा राख्ने बताईएको छ ।

अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको र बाँकीको आजै स्वाब पनि आजै परीक्षणका लागि पठाउने तयारी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*