वाग्मती गाउँपालिकाको गढन हुँदै रौतहट जोड्ने सडकको अनुगमन

बाइलाइन नेपाल
९ जेष्ठ २०७७, शुक्रबार १८:०७

हेटौंडा । मकवानपुरको वाग्मती गाउँपालिकाको गढन–कुटिभकारी– देउजोर– फूलवारीहुँदै रौतहटको चन्द्रपुर जोड्ने निर्माणाधिन सडकको आज शुक्रबार अनुगमन गरिएको छ ।

वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगत निर्माण भएको योजनाको उक्त प्रदेश सांसाद प्रेमबहादुर पुलामी, वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानको अगुवाइमा अनुगमन भएको हो ।

सांसद पुलामीको पहलमा प्रदेशबाट प्राप्त ३० लाख बजेटमा निर्माणा भइरहेको सडकको अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष धनमाया स्याङतान , कार्यकारी अधिकृत रामप्रसाद सापकोटा , नेकपा मकवानपुर संगठन विभाग उपप्रमुख कमानसिं पाख्रिन (पृथक), सचिवालय सदस्य सुमन पाख्रिन, जिल्ला कमिटी सदस्य दिलदोर्जे तामाङको सहभागिता रहेको थियो ।

यसैगरी, वाग्मती–४ नम्बर वडाध्यक्ष रहरमान थिङ, वडा नम्बर–३का वडाध्यक्ष बलबहादुर पाख्रिन , कर्साङसिं लामा , प्राबिधिक दिवस खनाल , दिनेश बाँनिया लगायत वडा सदस्य, स्थानीयको सहभागिता रहेको थियो ।

सडक मोटर बाटो निर्माण गर्न कुम्छाङ दोर्जे पाख्रिनको अध्यक्षतमा उपभोक्त समिति गठन गरेर काम भइरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारले विनियोजित गरेको बजेटबाट धमाधम सडक निर्माण भईरहदा वर्षौंदेखि पैदलयात्रा गर्नु पर्ने स्थानीयमा खुशी छाएको छ ।

सडक निर्माण गर्न तीन लाख बराबरको जनश्रमदान लगाइएको अध्यक्ष पाख्रिनले जानकारी दिए । सडक निर्माणपछि उक्त क्षेत्रका ६५० घरधुरीलाई प्रत्यक्ष फाइदा र आवतजावतमा सहजता हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*