श्रीकृष्ण आदर्शले गर्यो शिक्षक,कर्मचारीको कोभिड १९ बीमा

बाइलाइन नेपाल
९ जेष्ठ २०७७, शुक्रबार १७:००

हेटौंडा । कोरोना भाइरसको कहर बढ्दै गएको बेला आज शुक्रबार हेटौँडाको एक विद्यालले आफ्ना शिक्षक कर्मचारीहरुको हितका लागि भन्दै कोभिड १९ बीमा गराएको छ ।

शिक्षा क्षेत्र र निजी विद्यालयहरु सबैभन्दा बढी प्रभावित भइरहेको बेला श्रीकृष्ण आदर्श आवाशिय विद्यालयले आफ्ना ३९ जना शिक्षक कर्मचारीहरुको बीमा सुरक्षण गराएको हो । श्रीकृष्ण आर्दश शिक्षक कर्मचारीको बीमा गराउने मकवानपुरकै पहिलो विद्यालय भएको जनाइएको छ ।

शिक्षक, कर्मचारीहरु विद्यालय परिवारको अभिन्न अंग भएकाले उनीहरुलाई संकटको घडिमा सहयोग, साथ र उत्प्रेरणा दिनका लागि बीमाजस्ता आवश्यक कदम चालिएको सञ्चालक नविन केसीले जानकारी दिए ।

विद्यालयले प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको हेटौँडा शाखामार्फत उक्त बीमा सुरक्षण लिइएको केसीले बताए । अहिलेको संकटको अवस्थामा पनि विद्यालय व्यवस्थापन शिक्षक र कर्मचारीको हितमा रहेको केसीले उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*