सामरी खोलामा बेलिब्रिज निर्माण सुरु, गाउँपालिका कार्यालय आउन सर्वसाधारणलाई सहज

बाइलाइन नेपाल
७ जेष्ठ २०७७, बुधबार ११:३१

हेटौंडा । मकवानपुरगढी गाउँपालिका अन्र्तगत आमभञ्ज्याङका बासिन्दालाई गाउँपालिका कार्यालय आवतजावतका लागि अब सहज हुने भएको छ । सामरी खोलामा पुल नहुँदा हेटौंडा हुँदै गाउँपालिका कार्यालय पुग्नुर्पो बाध्यता अब हट्ने भएको छ ।

संघीय सरकार र आफ्नो संयुक्त लगानीमा गाउँपालिकाले बेलिब्रिज निर्माण सुरु गरहेको हो । बेलिब्रिजको गाउँपालिका अध्यक्ष विदुर हुँमागाईले शिलान्यास गरेसँगै निर्माणको काम अघि बढेको छ । पुलले मकवानपुरगढी गाउँपालिका अन्तर्गतको ५ र ६ नं वडाका बासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने छ । बेलिब्रिज गाउँपालिकाको वडा नम्बर ३ को मगरडाँडा र वडा नम्बर ६ को बाग्दली जोड्ने सामरीखोलामा बन्न लागेको हो ।

निर्माण सुरु गरिएको बेलिब्रिज पुलको लम्बाई करिब ८० मिटरको रहेको गाउँपालिकाले जनाएको छ । पुलबाट २५ टन सम्मको गाडी आवतजावत गर्न सक्ने क्षमता रहेको वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले जानकारी दिए । विशेषगरी, पुल नहुँदा वर्षाको समयमा सर्वसाधारणले जोखिम मोलेर खोलाबाटै आवतजाव गर्दै आएकोमा अब पुल निर्माण भएपछि त्यो समस्याबाट छुटकारा पाउने घिमिरेले बताए ।

पहिलादेखि सो स्थानमा पुलको आवश्यकता महशुस भएपनि अहिले आएर काम सुरु हुँदा आमभञ्ज्याङवासी खुशी भएको ६ नम्बर वडाका अध्यक्ष टिकाप्रसाद दाहालको भनाई रहेको छ । अब हेटौंडा भएर वा खोला तरेर जानुपर्ने बाध्यता हट्न उनले बताए ।

स्थानीय तह गठन भएपछि सामरीखोलामा अरु २ वटा पक्की पुल एवम् झोलुङ्गे पुल समेत निर्माणाधिन अवस्थामा रहेका कारण समग्र पालिकाको विकासमा सहज हुने गाउँपालिका अध्यक्ष हुमागाईँले बताए । उनले गाउँपालिकाले जनताको आवश्यकता र मागलाई ध्यानदिदै काम गरिरहेको जानकारी दिए ।

चालु आर्थिक बर्षको असार सम्ममा पुलको पिल्लर निर्माणको काम सम्पन्न गर्ने र आगामी आर्थिक बर्षको शुरुमा नै पुलको सम्पुर्ण भागको निर्माण गरि तुरुन्त संचालन गर्ने लक्ष्य राखिएको अध्यक्ष हुमागाईँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*