बाग्मती गाउँपालिकाको गढनमा पुग्यो विद्युत्, स्थानीयमा खुशियाली

बाइलाइन नेपाल
७ जेष्ठ २०७७, बुधबार ०९:२८

हेटौंडा । मकवानपुरको बाग्मती गाउँपालिका–३ गढन तिनतलेमा पहिलो पटक विद्युत् पुगेको छ । गाउँपालिकाले सबै वडामा विद्युत पुर्याउने योजना अनुसार गढनमा विद्युत सेवा उपलब्ध गराएको हो ।

वडामा विद्युत पुर्याउन गाउँपालिकाले पोल गाड्ने र तार तान्ने काम गरेको थियो । सामाजिक दुरी कायम गर्दै गाउँपालिका अध्यक्ष सर्केश घलानले विद्युत सेवाको उद्घाटन गरेका छन् । अध्यक्ष घलानले रिवन काटेर उद्घाटन गरेका हुन् ।

जनयुद्धको समयमा जिल्लाकै धेरै संख्यामा ज्यान गुमाएको वडामा स्थानीय सरकार आएपछि मात्र विद्युत पुगेको हो । घरमा विद्युत सेवा पुगेपछि वडाबासीहरुमा खुशियाली छाएको छ । उनिहरुले बल्ल स्थानीय सरकारको अनुभूति गर्न पाएको प्रतिक्रिया दिए ।

करिब ५ सय २१ घरधुरीसंख्या रहेको वडामा अहिले १४२ घरधुरीमा बिजुली बत्ती बलेको छ । बाँकी घरधुरीहरुका लागी काम भइरहेको अध्यक्ष घलानले जानकारी दिए ।
विद्युत सेवा उपलब्ध भएपछि घरदेखि सिंचाइ, मिल, घट्टलगायतका उपकरण सञ्चालनका लागि सहजता हुने जनाइएको छ । वडा छिमेकी रौतहट जिल्लाका चन्द्रपुर नगरपालिकाको चुरे सिमाना जोडिएको छ ।

उद्घाटन कार्यक्रममा बाग्मती गाउँपालिका उपध्यक्ष धनमाया स्याङ्तान ,नेकपा मकवानपुर संगठन विभाग उपप्रमुख कमानसिं पाख्रिन (पृथक), सचिवालय सदस्य छिरिङ दोर्जे लामा , जयबहादुर वाइवा (छेडुप), सुमन पाख्रिन , जिल्ला कमिटी सदस्य दिल दोर्जे तमाङ , बाग्मती गाउँपालिका–३ का वडाध्यक्ष बल बहादुर पाख्रिन , नेकपा बाग्मती गाउँपालिका सचिवालय सदस्य मनोज बल लगायतको सहभागिता रहेको ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*