कोरोना पोजेटिभ देखिएका व्यक्ति मकवानपुरको टिस्टुङका बासिन्दा, परिवारका सदस्यलाई हेटौंडा ल्याइदै

बाइलाइन नेपाल
६ जेष्ठ २०७७, मंगलवार २१:११

हेटौंडा । स्वास्थ्य मन्त्रालयले मगलबार पत्रकार सम्मेलनमा मकवानपुरका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको भनिएका व्यक्ति थाहा नगरपालिका टिस्टुङको भएको खुल्न आएको छ ।

मन्त्रालयले मकवानपुरको भनेपनि उनको ठेगान खुल्न नसक्दा त्रास फैलिएको थियो । टिस्टुङ घर भएपनि काठमाडौंको बाफलमा डेरा गरी बस्ने पुरुष भएको जनाइएको छ ।

पेशाले सवारी चालक रहेका उनले काठमाडौंमै स्वाब परीक्षण गराएका थिए । जसमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनलाई कोरोना देखिएपछि टिस्टुङमा रहेका परिवारका सदस्यलाई पीसीआर परीक्षणका लागि हेटौंडा ल्याउन लागिएको छ । उनको परिवारमा तीन जना रहेको छ । उनको मंगलबार साँझबाटै कन्ट्याक ट्रेसिङ सुरु भइसकेको छ ।

थाहा नगरपालिका स्थायी ठेगान भएपनि अन्त्रय बस्ने तीन जनालाई कोरोना पुष्टि भइसकेको छ । यसअघि थाहा नगरपालिकाका ७ वर्षको बालक र पर्सामा कार्यरत पत्रकारलाई कोरोना पुष्टि भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*