कार्तिक मसान्तसम्म काम गर्न सक्दैनौः निर्माण व्यवसायी संघ मकवानपुर

बाइलाइन नेपाल
६ जेष्ठ २०७७, मंगलवार २०:१४

बन्दाबन्दीका कारण उद्योग व्यवसाय संगै ठुला विकास आयोजनाका काम सुचारु गर्ने निर्णय सरकारले गरेता पनि निर्माण व्यवसायीलाई काममा फर्कन र काम गर्ने वातावरण तयार भयो तर काम गर्ने मजदुर समस्या, निर्माण सामाग्रीहरुको. अभावले कामलाई निरन्तरता र सहज रुपमा काम गर्न चुनौती रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम सुन्दर ढकालले बताए ।

संघले प्रेस विज्ञप्ती जारी गर्दै बन्दाबन्दी र आउँदो वर्षाका कारण निर्माणका काम ठप्प हुदाँ रोजगारी गुम्ने देखि राज्य र व्यवसायीलाई अरबौंको क्षति हुने अवस्था रहजे अध्यक्ष ढकालले बताए ।

लकडाउनले गर्दा मजदुर, प्राविधिक लगायत अन्य जनशक्ती आफ्नो घर गएकोले अब दशैतिहार भन्दा अघि आउन नसक्ने, निर्माण सामाग्री सप्लार्यस बन्द हुने, ढुङ्गावालुवा गिट्टीर सिमेन्टबाहेक अन्य सामाग्री नपाइनुले यहि कार्तिक समान्त सम्म निर्माणका कार्यहरु अगाडी बढाउन नसक्ने अवस्था रहेको अध्यक्ष ढकालले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन्, ।

गत चैत्र देखि आगामी कार्तिक मसान्त सम्म कार्य हुन नसकेको अवधिलाई सम्पूर्ण विका निर्माणका कामहरुको म्याद थप हुने व्यवस्था गर्न संघले नेपाल सरकार लगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।-स्रोतः सिधाखबर डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*