मकवानपुरमा एकजनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
६ जेष्ठ २०७७, मंगलवार १७:११

हेटौंडा । सुरक्षित मानिदै आएको मकवानपुरमा आज एकजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा मकवानपुरमा पनि एकजनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

तर मकवानपुरका संक्रममित कुन स्थानमा बसोबास गर्ने हो भने अहिलेसम्म खुलाइएको छैन । संक्रमित मकवानपुरमै बसोबार गर्ने हुन वा मकवानपुर घर भएर अन्यत्र बस्ने हुन मन्त्रालयले खुलाएको छैन ।

मकवानपुरको एकससहित आज २७ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनीहरु मध्ये २४ जना पुरुष र ३ जना महिलारहेका छन् ।

आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार थप एक जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । नेपालमा २ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*