भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि संघीय सरकारलाई सहकार्यको प्रस्ताव

बाइलाइन नेपाल
६ जेष्ठ २०७७, मंगलवार ११:०५

बाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि संघीय सरकारलाई सहकार्य गर्न आग्रह गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैबाग्मतीठकले सुरुङमार्ग निर्माणका लागि बजेटलगायत सबै तवरमा सहकार्य गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेलले प्रदेशको गौरवको आयोजनामा समावेश गरिएको सुरुङमार्ग लक्ष्यअनुसार तोकिएको समयमै निर्माण गर्न संघीय सरकालाई सहकार्य गर्न अनुरोध गरिएको बताए । चार आर्थिक वर्षमा सुरुङमार्ग निर्माण गरिसक्ने लक्ष्य लिएको प्रदेश सरकारले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने  अनुमान गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब, आव २०७८/०७९ र २०७९/०८० मा ६, ६ अर्ब र आव २०८०/ ०८१ मा ४ अर्ब ७२ लाख ७ सय ७६ रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ । खरिदको विधि अन्तर्रा्ष्ट्रिय शिलबन्दी बोलपत्र मार्फत् गर्ने जनाइएको छ ।

 

यसैगरी, सुरुङमार्ग आयोजनाको सुरपरीवेक्षण परामर्श सेवाका लागि ५७ करोड ९८ हजार र मार्ग निर्माण गर्दा प्रभावित हुने क्षेत्रलाई मुआब्जा दिनका लागि समेत गरेर अर्थ मन्त्रालयले १९ अर्ब ३२ करोड ५ लाख ७६ रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । केही समय अघि बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले भीमफेदी गाउँपालिका पुगेर सुरुङमार्ग निर्माण स्थलको निरीक्षण गर्दै २०७७ वैशाखबाट निर्माण सुरु हुने बताएका थिए ।

मार्ग निर्माणका लागि अहिले प्राविधिक अध्ययनको काम भइरहेको उल्लेख गर्दै मन्त्री फुँयालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । अहिले सुरुङमार्गको डीपीआर अन्तिम चरणमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*