भीमफेदी कारागारमा कैदीबन्दी र प्रशासनबीच सहमति, आन्दोलन फिर्ता

बाइलाइन नेपाल
३ जेष्ठ २०७७, शनिबार १९:०३

क्षेत्रीय कारागार भीमफेदीमा आन्दोलनरत कैदीबन्दी र कारागार प्रशासनबीच सहमति भएको छ । विभिन्न माग राख्दै मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दी शुक्रबार साँझबाट आन्दोलित भएका थिए ।

‘प्रशासनको प्रत्यक्ष निगरानीमा फोन गर्न पाउने र उनीहरुको अन्य मागको सम्बोधन गर्ने गरी कैदीबन्दीले आन्दोलन फिर्ता लिइसकेका छन् ।’

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कारागार प्रशासन, सुरक्षा निकाय र कैदीबन्दीबीचको छलफलपश्चात् सहमति भएको बताए । कैदीबन्दीले सरकारले उपलब्ध गराएको खाद्यान्न लगायत सेवासुविधा नपाएको भन्दै गृहमन्त्रीलाई चिठ्ठी लेखेपछि विवाद भएको थियो । उक्त विवादपश्चात् कारागार प्रशासनले उनीहरुलाई फोन गर्न तत्कालका लागि रोक लगाएको थियो । ‘यस विषयमा समेत छानबिन गरिने आश्वासन कैदीबन्दीलाई कारागार प्रशासनले दिएपछि सहमति भएको हो’, स्रोतले भन्यो ।

कैदीबन्दीहरुले कारागार प्रशासनले आफूहरुलाई दिनुपर्ने सेवासुविधा उपलब्ध नगराएको, परिवारसँग फोनमार्फत कुरा गर्न पनि नदिएको भन्दै आन्दोलनमा उत्रिएका थिए । ब्लक ‘क’मा रहेको कैदीबन्दीहरु शनिबार बिहानभर भित्रबाट तालाबन्दी गरेर बसेका थिए । उक्त ब्लकमा ५ सय ३० जना कैदीबन्दी रहेका छन् ।

कारागार प्रशासनले भने फोनको दुरुपयोग भएको कारण फोन सेवा उपलब्ध नगराएको जनाएको छ । ‘फोनको दुरुपयोग भएको र परिवारभन्दा बाहिर कल गरेको पाइएपछि उनीहरुलाई तत्कालका लागि फोन गर्न नदिइएको हो ।’, प्रमुख जिल्ला अधिकारी नेपालले कारागार प्रशासन र सुरक्षाकर्मी टोलीले कैदीबन्दीसँग सिमकार्ड र मोबाइल रहेको दावी गर्दै तत्काल फिर्ता गर्नसमेत आग्रह गरेको बताए ।

लकडाउनको अवधिबाट कारागारभित्र बारिहको मानिस प्रवेशमा रोक लगाइएको छ । सरकारले लकडाउन घोषणा गर्नूभन्दा तीनदिन अगाडिबाट कारागार प्रशासनले कोरोना संक्रमणबाट बचाउन उच्च सतर्कता अप्‍नाएर बाहिरको मान्छेलाई कैदीबन्दीसँग भेट्न दिइएको छैन । कारागारमा ९ सय ७६ कैदीबन्दी रहेका छन् ।

चैत ८ गतेबाट थपिएका कैदीबन्दीलाई छुट्टै कोठामा राखिएको छ । नयाँ कैदीबन्दीले पुराना कैदीबन्दीबाट टाढा राखिएको र कारागार प्रशासनले दुई कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आइरहेको छ । कारागारभित्र कर्मचारी तथा सुरक्षाकर्मी प्रवेश गर्दा शरीरको तापक्रम नाप्ने, हात धुने र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।-साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*