राप्रपा निकट विद्यार्थीद्वारा मकवानपुरमा राँके जुलुस प्रदर्शन

बाइलाइन नेपाल
१ जेष्ठ २०७७, बिहीबार २१:१३

हेटौंडा । सिमा अतिक्रमणको बिरोध गर्दै राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले हेटौंडामा राँके जुलुस प्रदर्शन गरेका छन् । नेपाली भूमीमा भारतीय अतिक्रमण विरुद्ध विद्यार्थीले राँके जलुस प्रदर्शन गरेको छ ।

केन्द्रिय सदस्य अनिष चौलागाईं र वंशगोपाल बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप मुर्दावाद, सिमा मिच्न पाईदैन, कालापानी,लिपुलेक हाम्रो हो,आत्मसमर्पणवाद मुर्दाबाद जस्ता नारा लगाएका थियो ।

विद्यार्थी नेताहरुले मातृभुमिको निमित्त बलिदान गर्न तयार रहेको भन्दै सरकारले खुट्टा कमाउन नहुने बताए । विदेशीको हेपाह र मिचाह प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा नउत्रीए सरकार विरुद्ध आन्दोलन हुने उनिहरुले चेतावनी समेत दिए ।– खबरब्रेक डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*