मनहरीबाट ८० केजी गाँजासहित महिला पक्राउ

बाइलाइन नेपाल
२८ बैशाख २०७७, आईतवार ११:३०

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले ८० केजी गाँजासहित एकजना महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिकाकी फूलमाया तामाङ रहेकी छिन् ।

घरमा गाँजा लुकाइ राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा घरको चोटामा बोरामा पोका बनाइराखेको गाँजा बरामद भएको जनाइएको छ ।

पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*