किट आएसँगै हेटौँडाको प्रयोगशालामा कोरोना परीक्षण सुचारु

बाइलाइन नेपाल
२७ बैशाख २०७७, शनिबार १७:४४

कोरोना संक्रमण भए–नभएको पत्ता लगाउने पिसिआर किट सकिएपछि हेटाैँडामा रोकिएको परीक्षण आज (शनिबार)बाट सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरेको प्रयोगशालामा पहिलो चरणमा ल्याइएको किट सकिएपछि शुक्रबार परीक्षण रोकिएको थियो ।

बिहीबार किट सकिएपछि शुक्रबार एक दिन परीक्षण रोकिए पनि शनिबारबाट सुरु गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

पहिलो चरणमा पाँच सय किट ल्याइएको प्रयोगशालामा चार सय ६२ र बाँकी वीरगन्ज पठाइएको थियो । शुक्रबार दोस्रो चरणमा हेटौँडाको प्रयोगशालाका लागि चार सय थान पिसिआर किट ल्याइएसँगै परीक्षण सुरु गरिएको सेढाईंले बताए ।

मन्त्रालयले आरडिटी किट पनि ल्याइएको, तर गन्ती हुन बाँकी भएको जनाएको छ । त्यसैगरी शुक्रबार प्रयोगशालामा स्वाबसमेत नआएको उनको भनाइ छ । यसअघिको किटसँगै स्वाब परीक्षणसमेत सकिएपछि थप स्वाब नआएको सेढाईंले बताए । चार सय किट उपलब्ध भएका कारण अब परीक्षणमा कुनै समस्या नभएको दाबी गर्दै उनले करिब १० दिनका लागि किट अपुग नहुने बताए ।

त्यसैगरी मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म प्रदेशभर २ हजार तीन सय ६ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म आरडिटी किटबाट नाै हजार एक सय पाँचजनाको एन्टिबडी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।-नयाँपत्रिकाडेली डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*