‘एक्काईसौं शताब्दीका विद्यार्थीको सीप क्षमता अभिबृद्धी’ विषयक प्रशिक्षण

बाइलाइन नेपाल
१६ बैशाख २०७७, मंगलवार १७:४६

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको एघारौं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षता मा सम्पन्न भएको छ ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेल्टा ३ नं प्रदेश कमिटि सचिव एवम् संगठन मकवानपुर सदस्य किशोर पराजुलीले सहजीकरण गरेका थिए । प्रशिक्षक पराजुलीले अबको सिकाइ भनेको एक्काईसौं सताब्दीका विद्यार्थीको माग र विश्वबजारको आवश्यकतालाई समेट्न सक्नुपर्नेमा जोड दिनुभएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताए ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य मोहन शर्मा, सदस्य सीता सुवेदी,शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा,पर्सा जिल्ला अध्यक्ष शिबनाथ चौधरी, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष मोचनाथ न्यौपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, सल्लाहकार,पिताम्वर वास्तोला रहेका थिए ।

त्यसैगरी, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, नारायणप्रसाद कँडेल, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल सुवास खनाल, गोसाईकुण्ड गापा अध्यक्ष रसुवा का बिष्णुप्रसाद पौड्याल,लगायतकाको उपस्थिति रहेको थियो ।

भोलि हुने एघारौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । बैशाख १७ गते हुने प्रशिक्षणमा भने काठमाण्डौ विश्वविद्यालयका प्राध्यापक वासु सुवेदीले सहजीकरण गर्ने छन् । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*