मुख्यमन्त्री हेरफेर हुने चर्चा चलेपछि डोरमणि पौडेल गए काठमाडौं

बाइलाइन नेपाल
१६ बैशाख २०७७, मंगलवार १४:३२

नेकपाभित्र शक्ति बाँडफाँडको मुद्दा प्रवेशगरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि अचानक काठमाडौं प्रस्थान गरेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको वार्तामा ओली समूहका नेताले विवाद समाधानका लागि मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेरको प्रस्ताव अगाडि सारेका थिए। यो प्रस्ताव सार्वजनिक भएलगत्तै सोमबार साँझ मुख्यमन्त्री पौडेल काठमाडौं हिँडेका हुन् ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शुक्रबार नै काठमाडौं गएका थिए । कोरोना रोकथाम, नियन्त्रण र निर्देशनमा जुटेका मुख्यमन्त्री पौडेलको काठमाडौं यात्रालाई चासोपूर्वक हेरिएको छ । मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफल र वास्तविकता बुझ्नका लागि काठमाडौं गएको स्रोतले दाबी गरेको छ ।

अहिले मुख्यमन्त्री पौडेल नेकपा नेतृत्वसँग छलफलमा जुटेको र आज (मंगलबार) साँझसम्म छलफलमा उठेका कुराकानीबारे थाहा हुने नेकपा जिल्ला कमिटीले जनाएको छ । साभारः नयाँपत्रिकाडेली डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*