नवोदय शिशु सदनले अनलाइनबाट पढाउन सुरु

बाइलाइन नेपाल
१४ बैशाख २०७७, आईतवार १४:३६

हेटौंडा । लकडाउनका कारण नयाँ शैक्षिकसत्रको पठनपाठन सुरु गर्न समस्या भएपछि हेटौंडामा रहेको नवोदय शिशु सदनले प्रविधिको उपयोग गर्दै अनलाइनबाट कक्षा सुरु गरेको छ । एप्समार्फत् वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको विद्यालयले अनलाइनबाट पढाउन सुरु गरेको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्रपनि बन्द रहेको छ । तर लकडाउन कहिलेसम्म रहने ? कहिलेबाट कक्षा सुरु हुने अन्यौलता भएपछि नवोदयले अनलाइनबाटै पढाउन थालेको विद्यालय निर्देशक दीपेश जोशीले जानकारी दिए ।

कोरोनाका कारण एईई रोकिएपछि तत्कालै एईईका विद्यार्थीलाई अनलाइनमार्फत् पढाउन थालेको र अहिले कक्षा ३ सम्मका विद्यार्थीलाई अनलाइनपाबाटै पठनपाठन थालिएको उनले जानकारी दिए । वैशाख १६ गतेबाट कक्षा १० देखि १ सम्मकै पढाइ अनलाइनबाट हुने जोशीले बताए ।

लकडाउन खुलेपनि तत्कालै विद्यालय सञ्चालनको वातावरण नभएकाले विद्यार्थीलाई अनलाइनबाटै भएपनि पढाउँदै जाने तायरीमा विद्यालय लागेको उनको भनाइ छ । कक्षा १० देखि ३ सम्मको कक्षा सुरु गर्दा ९० प्रतिशितभन्दा धेरै विद्यार्थी प्रविधिको पहुँचमा रहेको पाइएको निर्देशक जोशीले जानकारी दिए ।

विद्यालयले हरेक दिन बिहान ११ बजेबाट साढे बाह्र बजेसम्म र दिउँसो ३ बजेदेखि साढे चारसम्म पढाउन थालेको हो । अनलाइनबाट विद्यार्थीसँगै अभिभावकलाई पनि आफ्ना नानीबाबुहरुलाई कसरी अध्ययनमा लगाउने ? के पढाउने भनेर विद्यालयले छलफल गर्ने उनको भनाइ छ । विद्यार्थीहरुका लागि आवश्यक भिडियोहरु अभिभावकलाई उपलब्ध गराएर हेर्न लगाउनेलगायतका काम पनि हुने जोशीले जानकारी दिए ।

अनलाइन कक्षामा अभिभावकको सपोर्ट आवश्यक पर्ने भएकाले विद्यालयले अभिभावकसँग पनि छलफल गरिरहने उनले जानकारी दिए । अनलाइन कक्षा बाहेकको समयमा पनि विद्यार्थीलाई सपोर्ट पुग्ने भिडियोहरु विद्यालयले उपलब्ध गराउने निर्देशक जोशीले जानकारी दिए ।

यसैगरी, मकवानपुर बहुमुखी क्याम्पसले पनि अनलाइनबाट कक्षा सुरु गरेको छ । मकवानपुर क्याम्पसमा बीबीए र बीबीएम कक्षा अनलाइनबाट संचालन भइरहेको कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।

बीबीए र बीबीएमका विद्यार्थीहरुबीच अनलाइनको माध्यमबाट कक्षा संचालन भइरहेको छ । २ सय ५० विद्यार्थी बीबीए र बीबीएममा अध्ययनरत छन् ।
लकडाउनले अध्ययन कार्य प्रभावित भएपछि अनलाइनमार्फत् कक्षा सुरु गरिएको हो ।

यस्तै, जिएस निकेतनले पनि एईईका विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरेको जनाएको छ । कोरोनाका कारण एसईई रोकिएपछि विद्यार्थीलाई परीक्षाको तयारीलाई निरन्तरता दिन अनलाइनबाट कक्षा सुरु गरिएको शिक्षक दीपक गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*