शिक्षक संगठनद्वारा अंग्रेजी शिक्षण विषयक प्रशिक्षण

बाइलाइन नेपाल
१३ बैशाख २०७७, शनिबार १६:५९

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको आठौं सत्र आज संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका सचिवालय सदस्य कृष्णप्रसाद पौडेलले प्रशिक्षणको सहजीकरण गरेको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए ।

अभिभावक र विद्यार्थीमाझ लोकप्रिय बन्दै गईरहेको अंग्रेजी शिक्षालाई सहज ढङ्गबाट शिक्षण गर्न शिक्षकहरुमाझ प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य मोहन शर्मा, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल , सुवास खनाललगायतकाको उपस्थिति रहेको थियो ।

भोलि हुने नवौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो । बैशाख १४ गते हुने प्रशिक्षणमा भने कम्प्यूटरमा आधारित फोटोसफ्ट सामान्य सीप सिकाई सन्दर्भमा प्रशिक्षण हुने छ । संगठनको नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*