रेडक्रस दामनद्वारा थाहा नगरलाई स्वास्थ्य सामाग्री प्रदान

बाइलाइन नेपाल
१२ बैशाख २०७७, शुक्रबार १३:४६

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी दामन उपशाखाले आज शुक्रबार थाहा नगरपालिकालाइ एकसय थान डिटोल साबुन र एकसय पिस सर्जिकल मास्क थाहा नगरपालिका कार्यलयलाइ हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसबाट बच्न कारण स्वास्थ्य र सरसफाइलाइ विशेष ध्यान दिनुपर्ने भएकोले स्वास्थ्य सामग्री अन्तर्गत साबुन र मास्क हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी दामन उपशाखा सभापति राजकुमार केसीले बताए ।

थाहा नगरपालिका प्रमुख लबशेर बिष्टलार्इ एक कार्यक्रम बिच उक्त सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा मेयर बिष्टले एकद्वार प्रणाली अन्तरगत सरसफाइ सामग्री हस्तान्तरण गरेकोमा रेडक्रस दामनलाइ धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा रेडक्रस दामनका सचिब युबराज बर्तौला, कोषाध्यक्ष राजाराम रायमाझी, सदस्य कमलकुमार केसी, शिबराम थापा, दीपेन्द्रकुमार थिङ, थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरि, अनिल लामिछानेको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*