शिक्षक संगठन मकवानपुरद्वारा कोरोनाको विषयमा प्रशिक्षण

बाइलाइन नेपाल
११ बैशाख २०७७, बिहीबार १५:४६

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको छैठौं सत्र आज संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा जनस्वास्थ्य कार्यालायका प्रशिक्षक भोला चौलागाईले कोरोना समसामयीक सवालका विषयमा प्रशिक्षण दिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए ।

जनमानसमा रहेको कोरोना भाईरस सम्वन्धी भ्रम र यथार्थता विद्यालय शिक्षाका माध्यमबाट प्रचारप्रसारका निम्ति शिक्षकहरुमाझ प्रशिक्षण सम्पन्न भएको हो ।

कोरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएको प्रभावलाई न्यूनिकरण गर्न आयोजना गरिएको प्रशिक्षणात्मक कार्यक्रमलाई नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसद ढकाल, पर्वत जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी लगायत ले संवोधन गरे ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य मोहन शर्मा, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पौडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गौतम,सदस्य सविता लामिछाने, भावना सापकोटा, लक्ष्मी अधिकारी, हेटौडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल लगायतकाको उपस्थिती रहेको थियो ।

भोलि हुने छैठौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गौतमले बताए । बैशाख १२ गते हुने प्रशिक्षणमा भने कम्प्यूटरमा आधारित फोटोसफ्ट सामान्य सीप सिकाई सन्दर्भमा प्रशिक्षण हुने छ । संगठनको नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२ः०५ मा शुरु हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*