भीमफेदी कारागारमा थुनुवा र कैदीबन्दीको कोरोना परीक्षण सुरु

बाइलाइन नेपाल
९ बैशाख २०७७, मंगलवार १६:०६

हेटौंडा ।  मकवानपुर जिल्लामा रहेको थुनुवा तथा कैदीबन्दीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गराउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुले मंगलबारबाट थुनुवा तथा कैदीबन्दीहरुको कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आरडीटी किटबाट एन्टीबडी परीक्षण गराउन सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेकामध्ये दसजनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले जानकारी दिए। उनका अनुसार हिरासतमा रहेका ३० जना थुनुवामध्ये १४ दिन बिताइसकेकाहरुको मात्र आरडीटी परीक्षण गरिएको हो।

उनका अनुसार क्षेत्रीय कारागार भीमफेदीमा समेत आरडीटी परीक्षण गरिनेछ। ‘भीमफेदी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले क्षेत्रीय कारागारमा आरडीटी परीक्षण गर्नेछ। हामीले त्यसका लागि आवश्यक किट उपलब्ध गराइसकेका छौं।’,

उनका अनुसार पहिलो चरणमा आरडीटी परीक्षणका लागि ४० वटा किट भीमफेदी पठाइएको छ। भीमफेदी कारागारमा नौसय ७६ जना कैदीबन्दी रहेको जेलर प्रकाश खनालले जानकारी दिए। उनका अनुसार लकडाउन अघिबाटै कारागारमा रहेको कैदीबन्दीहरुलाई बाहिरको मानिससँग भेटघाट गर्न दिइएको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जिल्ला अदालत मकवानपुरमा सोमबार बसेको बैठकको निर्णयअनुसार हरासतमा रहेको थुनुवा र कैदीबन्दीहरुको आरडीटी परीक्षण सुरु गरिएको हो। ‘हामीले क्षेत्रीय कारागार र हिसातमा समेत उच्च शतर्कता अप्नाएका छौं।

सर्वपक्षीय निर्णयअनुसार आरडीटी परीक्षण गरिएको हो।’, उनले अन्य समयमा जिल्ला प्रहरीको हिरासतमा एकसयभन्दा बढी थुनुवा हुने गरेको भएपनि लकडाउनको समयमा ३० जनाभन्दा बढी भएका छैनन्।

मकवानपुर जिल्लामा पहिलो चरणमा विदेशाबाट फर्किएकाहरुको र क्वारेन्टाइन तथा आइसोलेसन वार्डमा रहेकाहरुका परीक्षण भइरहेको छ।–साभारः ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*