प्रविधिको उपयोग गर्दै शिक्षक संगठनको बैठक बस्यो

बाइलाइन नेपाल
६ बैशाख २०७७, शनिबार १६:५१

हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको प्रविधीमैत्री बैठक आज भएको छ । संगठनका राष्ट्रिय समिति महासचिव हंस शाहीको प्रमुख आतिथ्यता रहेको बैठकलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले सञ्चालन गरेका थिए ।

मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत समितिको बैठक सम्पन्न भएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिए ।कोरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएको प्रभावलाई न्यूनिकरण गर्न बैठक आयोजना गरिएको प्रचार प्रमुख गौतमले बताए ।

बैठकले स्थगित भएको आसन्न एसईई परीक्षा र कक्षा ११ तथा १२ का परीक्षामा सामेल हुने विद्यार्थीलाई लक्षित गरि केही दिनभित्रै प्रविधिमा आधारित कक्षा सञ्चालन गरिने अध्यक्ष श्रीराम दाहालले जानकारी गराएका थिए ।

त्यस्तै लकडाउनको सदुपयोगका गर्न शिक्षकहरुका निम्ति पनि प्रविधिमा आधारित क्षमता अभिबृद्धि तालिम आयोजना गरिने भएको हो । आफूसंगै रहेका तालिम प्रशिक्षकहरुको उपयोग गरि ज्ञान तथा सीपको हस्तान्तरण गरिने बताईएको हो ।

राष्ट्रिय महासचिव हंस शाहीले, विद्यार्थीसम्म नपुग्ने प्रविधि आजको प्रविधी होईन भन्दै सिकारुमैत्री प्रविधिको उपयोगमा आमशिक्षकहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*