एन्टिबडी पोजिटिभ देखिएका हेटौँडाका चारै जनाको रिपोर्ट नगेटिभ

बाइलाइन नेपाल
५ बैशाख २०७७, शुक्रबार १५:५९

हेटौंडा । हेटौँडामा हिजो र्‍यापिड टेष्टमा एन्टिबडी पोजिटिभ पोजेटिभ देखिएका चारै जनाको स्वाब रिपोर्ट भने नेगेटिभ आएको छ । हेटौंडामा विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्दा चार जनाको रिपोर्टमा एन्टिबडी पोजिटिभ नतिजा निस्किएको थियो । आज भने चारै जनाको स्वाब रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

उपमहानगरपालिकाले बिहीबारदेखि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गर्दा चार जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो । आज शुक्रबार हेटौंडाको कोरोना ल्याबमा गरिएको परीक्षणमा पिसिआर टेष्ट नेगेटिभ आएको हेटौंडाको आइसोलेसन इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुमा कोरोना भाइरस नभएको पुष्टी भएको छ । बिदेशबाट फर्किएका चारजना हेटौंडामा बसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको थियो । तीन जना पुरुष र एक जना महिला हुन् ।

हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार उनीहरुको नेगेटिभ पाइएको प्रयोगशालाले जनाएको छ। शुक्रबार बिहान स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

हेटौंडा–४ स्थित बासुदेव सभागृहमा बिहीबार भएको ४० जनाको टेस्ट मध्ये भारत बिहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ वर्षीय एक युवकको र्‍यापिड टेस्टमा एन्टिबडी पोजिटिभ देखाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*