प्रेस संगठन मकवानपुरलाई सेनिटाईज र मास्क

बाइलाइन नेपाल
४ बैशाख २०७७, बिहीबार १६:४०

हेटौंडा । प्रेस संगठन नेपाल मकवानपुरलाई मास्क र सेनिटाईजर वितरण भएको छ । प्रेस संगठन नेपाल बागमती प्रदेशले मकवानपुरलाई विहिबार हस्तान्तरण गरेको हो ।

प्रेस संगठन मकवानपुरलाई सदस्यहरु दिपेन्द्र रोक्का र अमृत चिमरिया मार्फत प्रदेश इन्चार्ज विश्वमणि सुवेदीले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका सह–इन्चार्ज सुनिल खड्का, केन्द्रीय सदस्य राजन दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, लगायतको उपस्थिती रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा प्रेस संगठन बागमती प्रदेश समिति र बागमती प्रदेशका सबै जिल्लाका संयोजक तथा सहसंयोजकहरुको भर्चुअल मिटिङ समेत भएको थियो । कार्यक्रममा प्रेस संगठन नेपाल सँधै पत्रकारहरुको हकहितको लागि लड्ने संस्था भएको इन्चार्ज सुवेदीेले बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*