अब मकवानपुरमा तराईको तरकारी प्रतिबन्ध, बिहान ९ बजेसम्ममात्र किनमेल गर्न पाइने

बाइलाइन नेपाल
१ बैशाख २०७७, सोमबार १४:१०

हेटौंडा । छिमेकी जिल्ला पर्साको वीरगन्जमा रहेका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि मकवानपुरमा थप सावधानी अपनाइएको छ । यसै क्रममा मकवानपुरमा तराईका जिल्लाबाट आएका तरकारी ल्याउन र बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित बसेको कमाण्ड पोष्टको बैठकले मंगलबारबाट लागू हुने गरी वीरगन्‍जमा कोरोना संक्रमण भेटिएको भन्दै तराईका जिल्लाबाट तरकारी आयतमा प्रतिबन्ध लगाएको हो ।

मकवानपुरमा अहिले भेन्टा, परबल, साग र कटहरजस्ता तरकारी बारा, पर्सा, रौतहट र सर्लाहीसहित तराईका वि विभिन्न जिल्लाहरुबाट आउने गरेको छ ।

त्यसैगरी स्थानीय प्रशासनले किनमेलको बहानामा हेटौंडा बजारमा भीड बढेको भन्दै खाद्य सामग्री किनमेलको समय घटाएको छ । अब किनमेलको समय बिहान ९ बजेसम्म मात्र तोकिएको छ । हिजोको बैठकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म किनमेल गर्न दिने निर्णय गरेपनि आज त्यसलाई रद्द गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले टोलटोलमा खाद्यान्न तथा तरकारी बिक्री वितरणको व्यवस्था मिलाउने, तराईका जिल्लाबाट खाद्यान्न लिएर आउने सवारीसाधानमा किटनाशक औषधि हालेर मात्र जिल्ला प्रवेश गराईनलगायतको निर्ण गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*