घरायसी सामान सकियो ? अब सुन्दर मार्केटले घरमै ल्याइदिन्छ !

बाइलाइन नेपाल
३० चैत्र २०७६, आईतवार ०९:१३

हेटौंडा । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अधिकांश हेटौंडाबासीलाई घरायसी सामान खरिदका लागि सास्ती भोग्नु परिरहेको छ । किनमेलका लागि बजार जाँदा कोरोना भाइरसको जोखिम भएका कारण समस्या भइरहेको छ ।

तर अब तपाईको घरमै आवश्यक सामान आइपुग्ने भएको छ । २०७७ वैशाख १ गतेबाट हेटौंडामा सुन्दर मार्केट डटकमले https://sundarmarket.com/ सर्वसाधारणलाई घरघरमै सामान पुर्याइदिने भएको छ । घरायसी सामान सकिएमा सुन्दर मार्केटलाई सामानको विवरण उपलब्ध गराएपछि घरमै सामान आइपुग्छ ।

उपभोक्तालाई घरमै बसीबसी सामान उपलब्ध गराउने योजनासहित हेटौंडाका केही युवाले ईकमर्श व्यवसाय सञ्चालन गर्न लागेका हुन् । कोरोना भाइरसको कारणले लकडाउनको अबस्थामा बजारमा भिडभाड नहोस भन्नको लागि उपभोक्ताको घरमै आवश्यक सामानहरु उचित मुल्यमा डेलिभरीसहितको सेवा सुरुवात गर्नलागेको सुन्दर मार्केट डटकम संस्थापक सन्तोष पराजुलीले जानकारी दिए ।

सुन्दर मार्केटले ‘घर बसीबसी मागाउ सामान कोभिड–१९ विरुद्ध हाम्रो अभियान’ भन्ने नारा दिएर सुरुवात गर्न लागेको उनले बताए । उनले यो ईकमर्श व्यवसाय कोरोना लक्षित मात्र नभएको उल्लेख गरे । अब सुन्दर मार्केटले सधै सेवा प्रदान गर्ने जानकारी दिए । यसको मुख्य कार्यालय हेटौंडा–१ मा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*