भीमफेदी गाउँपालिकाले अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउने

बाइलाइन नेपाल
२९ चैत्र २०७६, शनिबार १२:०१

हेटौंडा । राहत वितरणमा पारदर्शी शैली अपनाएको भीमफेदी गाउँपालिकाले आफ्ना गाउँपालिकाका सर्वसाधारणका लागि निःशुल्क औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

नियमित औषधि सेवनकर्ता बिमारी लाई आबश्यक घरदैलो स्वास्थ्य परीष्क्षण तथा यातायात सेवासहित औषधिको अभाव भए गाउँपालिकाको वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई फोन गरेर सेवा तथा औषधि लिन सक्ने व्यवस्था गाउँपालिकाले गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनको समयमा भीमफेदीवासीमा पर्न जाने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै दीर्घ रोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने सर्वसाधारणलाई गाउँपालिकाले निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

गाउँपालिकाले तत्काल औषधि अभाब भएको खण्डमा आफुले खादै आएको, उच्चरक्तचाप, मधुमेह, युरिक एसिड, दिर्घरोग तथा मानसिक रोगलगायतको औषधिका लागि स्वाथ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि ११ जना स्वास्थ्यकर्मीलाई उक्त कामको जिम्मा दिएको अध्यक्ष लामाले बताए । गाउँपालिकाले स्वास्थ्कर्मीको नाम र सम्पर्क नम्बरसहित सार्वजनिक गरेको उनको भनाइ छ ।

औषधिसहित गाउँपालिकाले आवश्यक परेमा स्वास्थ्य सेवा समेत प्रदान गर्ने भएको छ । गाउँपालिकाले हेल्थ हेल्प लाइन सेवा नाम दिएर औषधि र स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ । खाद्यान्नसहितको राहत वितरण पछि दोस्रो चरणमा औषधि र स्वास्थ्य सेवाको राहत कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*