जनसरोकार केन्द्र मकवानपुरको अनुरोधः कुखुरा व्यवसायीलाई राहत देऊ

बाइलाइन नेपाल
२८ चैत्र २०७६, शुक्रबार ०९:०७
फाइल फोटो

हेटौंडा । सामाजिक समस्याका विषयलाई उठान र समाधानका लागि पहल गर्दै आएको जनसरोकार केन्द्र मकवानपुरले कुखुरा व्यवसायीलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाईंले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको मारमा कुखुरा पाल्ने किसानदेखि व्यवसायीसम्म परेकाले राहत उपलब्ध गराउन तिनै तहको सरकारलाई अनुरोध गरेको हो ।

किसानले कुखुरा पालेकै कारण देश कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएपनि वर्डफ्लुका कारण पटकपटक धारासायी भएको व्यवसाय अहिले कोरोनाका कारण फेरि समस्यामा परिरहेको विज्ञप्तीमा उल्लेख छ । अहिले सामाजिक संजालमा कुखुरा तथा चल्लालाई दाना खुवाउन नसकि र बिक्री नभई खाल्डो खनेर पुरेको समाचार तथा भिडियोहरु आएकोमा केन्द्रको ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।

‘दाना खान नपाएर कुखुरा मरेको देख्दा, अण्डा बिक्री नभई फाल्नु पर्दा, विक्री गर्नुपर्ने कुखुरा विक्री नभई मर्दा, बैकको ब्याज र धितो रहेको घरजग्गाको ऋण कसरी तिर्ने भनी सम्झदा किसानहरूलाई कती पिड़ा भईरहेको छ ? उनीहरुको चित्त बुझाउने ठाउँ र आधार के छ ? सबैले बुझौ र मनन गरौ उनीहरूलाई आफ्र्नो ठाउमा राखेर सोचौ भनी सबैमा अनुरोध गर्दछु,’– विज्ञप्तीमा भनिएको छ ।

लकडाउनको अवधी पुनः थप्ने अवस्था रहेमा कुखुरापालक किसान तथा व्यवसयाीको समस्याको समाधानको लागि केन्द्र, प्रदेस र स्थानीय सरकारलाई प्रभावकारी योजना बनाई क्षतीभएका किसानलाई राहत दिईसहयोग गर्न र समस्यामा परेकालाई चाडोभन्दा चाडो उचित निर्णय सहित राहतको व्यवस्था गर्न र गराउन केन्द्रले अनुरोध गरेको छ ।

बुधबार मात्र कुखुरा व्यवसायी संघले जिल्लाभर रहेका १४ लाख कुखुरा सरकारी अभिलेख राखेर मारिदिन प्रजिअ दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको थियो ।

‘जिल्लामा १ हजार ५ सय कुखुरापालक किसान छन् । उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पाँच अर्बभन्दा बढी लगानी डुब्ने अवस्थामा रहेको संघका जिल्ला अध्यक्ष राजु अधिकारी बताए ।

‘बिस्तारै दाना आउने क्रमसमेत रोकिएको छ । कुखुराको लागतभन्दा कममा बेच्दा समेत बिक्री हुने अवस्था छैन । कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेको छ । लकडाउनको समय लम्बिए खोरमै कुखुरा मर्ने अवस्था सिर्जना हुन्छ’, अधिकारीले भने ।

उनले सरकारी तबरबाट कुखुराको तथ्यांक राखेर नष्ट गरिदिन, किसानका लागि राहत प्याकेज उपलब्ध गराउन, बैंकको ब्याज मिनाहका लागि माथिल्लो निकायको ध्यानकर्षण गराइदिन प्रजिअ नेपाललाई आग्रह गरे ।

सरकारी तवरबाट मकवानपुरका कुखुरापालक किसानहरुको फर्ममा रहेका सम्पूर्ण लेयर्स तथा बोइलर कुखुराको विवरण संकलन गरी राहत प्याकेजको घोषणा गर्नुपर्ने संघको माग छ ।

आवश्यक दाना, किसानले नपाउने र उत्पादन भएका कुखुरा तथा अण्डा बजारमा विक्रि हुने अवस्था नरहेकोले कुखुरा नष्ट गर्नुको विकल्प नभएको भन्दै किसानको फर्ममा भएका कुखुराको विवरण संकलन गरी तुरुन्तै राहत प्याकेजको घोषणा गर्न संघले माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*