लकडाउनमा स्थानीय तहको भूमिका महत्वपूर्णः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
२६ चैत्र २०७६, बुधबार १६:२७

हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको महत्वपूर्ण भुमिका भएको बताएका छन् । कोरोना भाईरसका नियन्त्रणका सन्द्धर्भमा मुलुक लक डाउन भएको अबस्थामा स्थानिय तहको भुमिकाको उनले प्रशंसा गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाईरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी भएको सर्बदलिय बैठकमा सम्बोधन गर्दै उनले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्याङ्कन गरेको बताए । अहिले बिश्वभरी नै चुनौतीका रुपमा फैलिएको महामारीका रुपमा रहेको कोरोना भाइसरलाई पराजित गर्न सबैको साथ हुनुपर्ने बताए । हाल कोरोना भाइरस बिरुद्ध तीनै तहको सरकार लडिरहेको समेत जानकारी दिए ।

कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा खटिरहेको भन्दै प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको उनले उल्लेख गरे । उनले भने– “अहिले पनि धेरै चुनौतकिा विचमा काम भइरहेका छन्, लकडाउन सुरुवाती चरणमा छ, अब अझै चुनौतीपूर्ण हुनसक्छ, हामी झन धेरै सचेत हुनुपर्ने आबश्यकता रहेको छ । यो समय सबैको हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला हो ।’ प्रत्यक्षरुपमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुले जिम्मेवार बनेर प्रस्तुत भएको भन्दै खुशी ब्यक्त गरे । भबिष्यमा आईपर्न सक्ने हरेक चुनौती पार गर्न सरकारले आबश्यक कदम चाल्ने बताए ।

बैठकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित वनेका दैनिक ज्यालादारी मजदुरी गरेर रोजीरोटी गर्नेको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने बताए । राहत वितरणमा पहिले भन्दा पनि अव ध्यान दिनु आवश्यक रहेको उल्लेख गरे ।

वैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका एक सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको जानकारी दिए । बिपद ब्यस्थापन समितिले जिल्लामा ५ लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२ लाख, उपमहानगरपालिकामा १५ लाख र महानगरपालिकामा २० लाखका दरले रकम पठाईसकिएको जानकारी दिए ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेशभरी दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नपरेको बताए । समस्याको सुरुवात नहुँदै समाधान तर्फ प्रदेश सरकारले कदम चालिरहेको उल्लेख गरे ।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुने बित्तिक परिक्षण गर्ने ब्यबस्था गरिएको बताए । अहिले पनि सवै मापदण्ड अनुसार क्वारेन्टाईन र आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । अस्पतालमा आपतकालिनरुपमा चाहिने सबैप्रकारका सामग्री स्टोर गरिएको पनि उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बाग्मती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत बितरणमा एकद्वार हुनुपर्ने बताए । अहिलेको सन्दर्भमा दुर्गम र बिकट ठाउँमा राहतको आबश्यकता हुन थालेको भन्दै सो स्थानमा पठाउन सुझाब दिए । आपतबिपदको बेला नेपाली काँग्रेसले सरकारलाई साथ दिने पनि उनले बताए ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, पूर्ब राज्यमन्त्री शेषनाथ अधिकारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*