हेटौंडा उपमहानगरले प्रतिपरिवार १५ केजी चामलसहित राहत बाड्दै

बाइलाइन नेपाल
२६ चैत्र २०७६, बुधबार १०:४१

हेटौंडा । हेटौंंडा उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणको तयारी गरेको छ । पहिलो चरणको रातह वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्ने तयारी थालेको हो ।

कोरोना भाइरसको त्रासका कारण सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई खानाका लागि समस्या हुने भन्दै अब दोस्रो चरणमा राहत वितरण गर्न लागेको जनाएको छ ।

दोस्रो चरणमा हेटौंडाका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई ९० हजार केजी चामल, १२ हजार केजी मुसुरोको दाल, ६ हजार केजी नुन, १२ हजार लिटर तेल, २४ हजार थान सावुन वितरण गर्ने तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयरहरिबहादुर महतले जानकारी दिए ।

राहत वितरणका लागि चाहिने सामान उपमहानगरपालिका हुँदै वडा स्तरमा वितरण गर्ने तयारी थालिएको छ । उपमहानगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यविधि अनुसारनै वडा मार्फत वितरणको तयारी गरेको छ । नगरमा रहेका एक परिवारले १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ पाकेट नुन, ४ वटा नुहाउने सावुन प्राप्त गर्ने मेयर महतले वताउनुभयो । हेटौंडाका १९ वटै वडा अध्यक्षको नेतृत्वमा राहत वितरण गर्न लागिएको मेयर महतले बताए ।

उपमहानगरपालिकाले पहिलो चरणमा हाल सम्म ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछि हेटौंडाका दैनिक ज्यालादारी गर्ने परिवारलाई दैनिक छाक टार्न समस्या नहोस भनेर राहत वितरण गरिएको हो ।

उपमहानगरपालिका र विभिन्न संघसस्थाको सहकार्यमा १९ वटा वडामा राहत वितरण गरिएको मेयर महतले जानकारी दिए । अहिले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहतका लागि २ हजार ३ सय ३६ परिवारका लागि माग भएको मेयर महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*