बाग्मती प्रदेश सरकार कोरोना रोकथामसँगै बजेट निर्माणमा जुट्यो

बाइलाइन नेपाल
२४ चैत्र २०७६, सोमबार १९:२३

हेटौंडा । बाग्मती प्रदेश सरकारले कोरोना रोकथामको कामसंगै आगामी बजेटका बिषयमा छलफल सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने बिषयमा प्रारम्भिक छलफल भएको हो । कोरोना रोकथाम, नियन्त्रण र उपचारसंगै अब आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एबम् सचिबहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् ।

छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागी सबैले सहमति जनाउनुभएको छ । जति सङ्कट भएपनी आन्तरिक रुपमा आगामी बजेटका बिषयमा छलफल गर्न केहि समस्या नहुने मुख्यमन्त्री पौडेलले बताए ।

उले भने–अहिलेको समयमा कार्यालय बन्द गर्ने होइन, भित्र बसेर काम गर्ने हो, जिम्मेवारीहरु धेरै छन्, काम गरौं, काममा जुटौं’ । गएका बर्षहरुमा बनाएका बजेटको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गरे । उनले भने–‘कुरा मात्र नयाँ हैन अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परीबर्तन ल्याउन सरकारले हर सम्भब प्रयास गर्नुपर्छ, नयाँ बिचार नयाँ योजनाका साथ काम गर्नुपर्छ ।’

बजेटलाई कामकाजी मात्र हैन, कसरी प्रभावकारी बनाउन ? कुन मोडेलको बजेटले हाम्रो प्रदेश सम्बृद्ध हुन्छ त्यो छुट्टाएर काम गर्न सक्यो भने सम्बृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन सहयोग पुग्ने उनको धारणा थियो । जनताले अनुभूत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्षय रहेको उनको भनाई थियो ।

हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्त्वपूर्ण कुराहरु समाबेश गरेर योजना बनाउन पनि उनले आग्रह गरे । ‘हामीले जनतालाई जे गछौं भनेको थियौं त्यो अनुसार बजेटमा ध्यान दिऔं, पार्टीको घोषणा पत्र अनुसार, आवधिक योजना अनुसार, गत बर्षको बजेट कार्यान्वयन भयो कि भएन, नभए किन भएन भन्ने बिषयलाई पनि अध्ययन गरौं,’ उनलेभने ।

आर्थिक वृद्धि र रोजगारीको आधार देशमा सिर्जना गर्नुपर्ने भन्दै यस्ता कुरामा बिषेश ध्यान दिन आग्रह गर्दै देशमा रोजगारी सिर्जना गर्ने अवस्था, शिक्षा, स्वास्थ्य तथा खानेपानीका योजना प्राथमिकता हेरेर योजना बनाउन पनि मुख्यमन्त्री पौडेलले सुझाव दिए । सानासाना योजनामा पैसा छरेर परिबर्तन हुन सक्दैन अनि जनताले पनि अनुभुत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौं, लगानी उत्पादन सङ्ग जोडौ, आधारभुत आबश्यकतालाई जोड दिने गरि बनाऔं,’–उनले भने । कृषि क्षेत्रको बिकासलाई महत्व दिएर योजना बनाउने, कृषिमा आत्मनिर्भरका योजना अगाडि सार्न पनि उनको आग्रह गरे ।

बिगतमा भन्दा फरक अनुभुती हुने गरि बजट ल्याउन छलफल गराउन सुरु गरीएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । । अहिले मुलुक कोरोना भाईरसका कारण लकडाउन भएपनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताए ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक बिकास मन्त्री युवराज दुलाल, योजना आयोगका कार्यबहाक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिबहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*