बालुवाटारमा सुरु भो मन्त्रीहरुको दिनगन्ती, रक्षा र स्वास्थ्यमन्त्री ‘डेन्जर जोन’मा !

बाइलाइन नेपाल
२१ चैत्र २०७६, शुक्रबार २०:४८

हेटौंडा । कोरोना भाइरसको उपचारका लागि चीनबाट स्वास्थ्य सामाग्री खरिदमा अनिमियताा तथा प्रक्रिया मिचेको विषयले मन्त्रीपरिषद् हेरफेर हुने चर्चा सुरु भएको छ । आफ्नै पार्टी, विपक्षी दल र जनस्तरबाट व्यापक विरोध भएपछि केही मन्त्रीलाई हटाउने विषयमा बालुवाटारमा छलफल थालिएको छ ।

स्वास्थ्य सामाग्री खरिदको विषयले पार्टीलाई नै ठूलो नोक्सानी हुने भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्री हेरफेरको विषयमा कुरा भएको स्रोतले जनाएको छ । शुक्रबार पनि अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा स्वास्थ्य सामाग्री खरिद प्रकरणमा पार्टीलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको जनाइएको छ ।

दुवै अध्यक्षले अहिले सबैतिरबाट विरोध भइरहेको अवस्थामा प्रकरणमा मुछिएका मन्त्रीहरुलाई हटाउने विषयमा मोटामोटी सहमति भएको स्रोतले जनाएको छ । ठोस निर्णयमा नपुगे पनि खरिद प्रकरणमा मुछिएका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हटाउने तयारी भएको स्रोतको दाबी छ । साथै पटकपटक विवादमा आएका प्रधानमन्त्रीका आइटी विज्ञ अलि अस्गरलाई पनि हटाउने तयारी गरिएको उल्लेख छ ।

मन्त्रीहरुका कारण सरकारसँगै पार्टी समस्यामा परेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई एक्सनमा उत्रन सल्लाह दिएको स्रोतले जनाएको छ । जनस्तरबाटै विरोध खेपिरहेका मन्त्रीहरुलाई राख्दा सरकार र पार्टी झन खतरामा पर्ने भएकाले अहिलेकालाइ ृहटाएर नयाँलाई अवसर दिन उनले सुझाव दिएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार उप्रप्रधानसहित रक्षा वा स्वास्थ्यमा नारायणकाजी श्रेष्ठलाई ल्याउने विषयमा समेत बालुवाटारमा अध्यक्षद्वयबीच कुरा भएको छ । अध्यक्षद्वयबीच पार्टीलाई बचाउन छिटो कदम चाल्ने विषयमा कुरा भएपनि मन्त्रीपरिषद् कहिलेसम्म हेरफेर गर्ने भन्ने सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् हेरफेरको विषयमा ठोस कुरा नगरेको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*