चौलागाई सप्लायर्सद्वारा प्रहरीलाई ग्लब्स सहयोग

बाइलाइन नेपाल
१४ चैत्र २०७६, शुक्रबार १४:१४

हेटौंडा । हेटौँडास्थित चौलागाई सप्लायर्सले वडा प्रहरी कार्यालय हेटौंडालाई ग्लब्स उपलब्ध गराएको छ । सप्लायर्सले आज २ हजार प्रतिग्लब्स प्रहरीलाई सहयोग गरेको हो ।

सप्लायर्सका संचालक सन्तोष चौँलागाईले प्रहरी निरीक्षक इश्वरी भण्डारीलाई उक्त ग्लब्स हस्तान्तरण गरेका हुन् । कोरोना भाइसरको संक्रमणको जोखिम बढेको बेला प्रहरी निरन्तर जनताको सेवामा खटिनुपर्ने भएकोले ग्लब्स अनिवार्य भएको संचालक चौँलागाईले जानकारी दिए ।

यसअघि जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष रहेका चौलागाईले मासिक सुविधा बापत चैत महिनाको २० हजार रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गरेका थिए । तुखबर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*