अब भीमफेदी गाउँपालिका प्रवेश गर्न अनुमती पत्र अनिवार्य, पढौ कोरोना रोक्ने यस्ता छन् निर्णयहरु

बाइलाइन नेपाल
१३ चैत्र २०७६, बिहीबार १९:०६

हेटौंडा । भीमफेदी गाउँपालिकाको आज विपद तथा वातावरण समितिको बैठक बसेको छ । समितिका संयोजक प्रितिलाल लामाको अध्यक्षतामा बसेको बैठकले अहिले विश्वलाई आक्रान्त पारिररहेको कोरोना भाइसर नियन्त्रण तथा रोकथामका सम्वन्धमा पाँच वटा निर्णय गरेको छ ।

बैठकले चैत महिनाको सुरुदेखि हालसम्म गाउँपालिकामा विदेशबाट घर फर्किएको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा १२ जना रहेको समितिले जनाएको छ । विदेशबाट फर्किएका र उनिहरुको परिवारको तत्काल स्वास्थ्य परीक्षणका लागि आग्रह गर्ने र छिमेकीहरुलाई सतर्क रहन अपिल गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले भीमफेदी गाउँपालिका प्रवेश गर्ने नाकामा प्रवेश विना आवजजावत गर्न नदिने निर्णय गरेको छ । देउराली, सिमभञ्ज्याङ, सामरीपुल, कान्तिलोकपथ बोर्डर र कोगटे दोभानबाट भीमफेदी गाउँपालिका प्रवेश गर्दा प्रवेश पास अनिवार्य गर्ने निर्णय गरिएको छ । उक्त नाकामा इलाका प्रहरी कार्यालय भीमफेदीले ३÷३ जना प्रहरी खटाउने भएको छ ।

समितिले कोरोना भाइरसको शंका लागेका बिमारी उपचारका लागि अन्यत्र जानु पर्ने भएमा चिकित्सकको सिफारिसमा विपदकोबाट एम्बुलेन्स भाडा व्यहोर्ने निर्णय भएको छ । बैठकले बजारमा कृत्रिम अभाव र कोलोबजारी रोक्न गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।

विभिन्न नाका खटिने प्रहरीका लागि खाना तथा अन्य भैपरी आउने खर्च र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता गाउँपालिका कार्यालयले व्यहोर्ने निर्णय भएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकिय अधिकृत जीवन कुँवर, विपद समितिका सदस्यहरु सूर्यवहादुर भुजेल, सिता थिङ, सदस्य सचिव सुदीप कँडेल, प्रशासन शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, प्रहरी निरीक्षक रामबालक रायलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*