हेडौँडामा ग्यासको कृत्रिम अभाव

बाइलाइन नेपाल
९ चैत्र २०७६, आईतवार २१:४९

बागमती प्रदेशको मुकाम हेटौँडामा पनि खाना पकाउने ग्यासको कृत्रिम अभाव भएको छ । यहाँ अहिले सहज तरिकाले एलपी ग्यास पाइन छोडेको छ ।

व्यवसायीहरूले कोरोना भाइरसको त्रासको अवस्थामा पनि ग्यासको कृत्रिम अभाव खडा गरी कालो बजारी गरेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष गुनासो पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन उच्चस्तरीय समितिको आकस्मिक बैठकमा यस्तो गुनासो गरिएको हो ।

‘बैठकमा सहभागीहरूले हेटौँडामा ग्यासको अभाव हुँदै गएको र व्यवसायीहरूले कृत्रिम अभाव सिर्जना गरेको भन्दै अनुगमन गर्न मुख्यमन्त्रीसमक्ष गुनासो पुगेको छ,’ बैठकमा सहभागी एकले भने, ‘ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्न अनुरोध गरिएको छ ।’

बैठकले बजार अनुगगमन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको संयोजकत्वमा बजार अनुगमन उच्चस्तरीय समिति गठन पनि गरेको छ । प्रदेश सरकारले हेटौँडामा भइरहेको कालोबजारीलाई कडाइका साथ अनुगमन गर्ने भएको छ । समितिको बैठकमा मन्त्रीहरूले नै हेटौंडामा कालोबजारी मौलाएको भन्दै अनुगमन गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।

यसैगरी, हेटौँडामा मास्क पनि पाइन छोडेको छ । व्यवसायीहरूले मास्कको पनि कृत्रिम अभाव सिर्जना गरेको स्थानीयहरूले गुनासो गरेका छन् । हेटौँडा अस्पतालमै मास्क पाइँदैन । बिरामीहरू अस्पतालमै मास्क नपाएपछि चिन्तित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*