रेडियो बुलेटिनको जनचेतनामुलक अभियान शुरु 

बाइलाइन नेपाल
९ चैत्र २०७६, आईतवार ११:४८

अहिले बिश्व नै कोरोना भाइरस बाट आक्रान्त बनिरहेको अबस्थामा रेडियो बुलेटिन ८९ मेघाहर्जबाट जनचेतनामूलक अभियान सुरुवात गर्ने भएको छ ।

अहिले भ्रामक समाचार र अफवाहहरुले नेपालीमा मानसिक रुपमा बढी आक्रान्त् भएको अबस्थामा यो भ्रम चिर्नुपर्ने बाध्यता भएकोले यो अभियान गर्नुपर्ने आवश्यकता महशुस गरेको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातिले बताउनु भयो ।

रेडियो बुलेटिनमा भएको पत्रकार सम्मेलनमा उहाले सबैले हातेमालो गरी सही सुचनाहरु सङ्कलन गरी देश र जनताको स्वास्थ्यलाई जोगाउनु पर्ने बताउदै सबै पत्रकारहरु मिलेर सही सुचना प्रवाह गरे जनताले मानसिक तनाब भोग्नु नपर्ने बताउनु भयो ।

आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बिषम् परिस्थीतिलाई मध्यनजर गर्दै रेडियो बुलेटिनको अभियानलाई हेटौडा ११ सिमलटारबाट डोर टु डोर अभियान शुरु गर्ने भएको छ । आजै १ बजेबाट अभियानको शुरु गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यो अभियानमा सबै पत्रकार, स्वास्थ्यकर्मी, स्थानियवासीको साथ र सहयोग रहने अपेक्षा रेडियोले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*