कसले हान्यो कैलाशमा लालबहादुरलाई गोली ?

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार १६:४३

हेटौंडा । शुक्रबार बिहान मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा बर्ष ३०को लालबहादुर मोक्तानलाई गोली प्रहार भएको छ । घाइते भएका मोक्तानलाई कसले गोली हान्यो थाहा हुन सकेको छैन ।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी भार्ताबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा , ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी सहित सुरक्षा टोली परीचालन भई उक्त स्थान पुग्दा मोक्तानलाई छाती तथा हातमा चोट लागी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मोक्तानलाई स्थानीयको सहयोगमा उपचारका लागि मनाङ एयरको हेलिकप्टर मार्फत् काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।

मोक्तानले घर खानतलासी गर्दा ओच्छानमा गोलीको खोका भेटिएको कार्कीले बताए । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*