मकवानपुर क्याम्पस एकमहिना बन्द, परीक्षा लिइरहेका शैक्षिक संस्था अन्यौलमा

बाइलाइन नेपाल
६ चैत्र २०७६, बिहीबार ०८:३९

हेटौंडा । मकवानपुर क्याम्पस चैत्र महिनाभर बन्द हुने भएको छ । कोरोना भाइसरका कारण सरकारले सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै क्याम्पस पनि बन्द गरिएको हो ।

क्याम्पस प्रमुख डा. शंकर उपाध्यायले आज विज्ञप्ती जारी गर्दै कोरोना भाइसरको संक्रमण रोक्न सर्तकर्ता अपनाउनु पर्ने भएकाले चैत्र मसान्तसम्म क्याम्पसको पठनपाठन बन्द हुने उल्लेख छ । क्याम्पसको पठनपाठनसहित परीक्षाहरु अर्को सूचना जारी नभएका सम्मका लागि बन्द गरिएको उल्लेख छ ।

वार्षिक परीक्षा लिइरहेका शैक्षिक संस्था भने अन्यौलमा परेका छन् । केही शैक्षिक संस्थाले आजबाट परीक्षा स्थगित भएको सूचना जारी गरेका छन् । तर कक्षा ८ को परीक्षा भने सञ्चालन हुने जनाइएको छ । मनहरी गाउँपालिकाले भने सबै शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*