मकवानपुरसहित १२ जिल्लाको सिडिओ सरुवा (सूचीसहित)

बाइलाइन नेपाल
२ चैत्र २०७६, आईतवार १६:५९

गृह मन्त्रालयले मकवानपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।

मकवानपुरका सिडिओ नारायणप्रसद भट्ट गृहमन्त्रालयमा सरुवा भएका छन् । मकवानपुरमा गृहमन्त्रालयमा रहेका दीपकराज नेपाल सिडिओका रुपमा आएका छन् ।

गृह मन्त्रालयले कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, उदयपुरमा दीपककुमार पहाडी, पाँचथरमा अर्जुनकुमार शर्मा, सिराहामा सरोजकुमार गुरागाई र तनहुँमा बद्रिनाथ अधिकारीको सरुवा भएको छ ।

यस्तै कार्यबहाक जिल्ला प्रमुखका रुपमा बारामा रुद्रप्रसाद पण्डित र गुल्मीमा भरतकुमार शर्माको सरुवा भएको छ । यता अर्जुन भण्डारीलाई सहायक प्रमुख जिल्ला अधिकारी बनाएर मोरङ सरुवा गरिएको छ ।

त्यस्तै अध्यागन विभागमा रमेशकुमार कँडेलको सरुवा भएको छ भने कारागार व्यवस्थापन विभागमा प्रदिपराज कँडेलको सरुवा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*