राक्सिराङ गाउँपालिकाले सबै योजना बैशाखभित्र सक्ने

बाइलाइन नेपाल
२७ फाल्गुन २०७६, मंगलवार १९:५५

हेटौंडा । राक्सिराङ–चालू आर्थिक बर्षका लागि बिनियोजित भएका सबै योजनाहरु बैशाख महिनाभित्रमा सक्नेगरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले काम अघि बढाएको छ ।

गाउँपालिकाले फागुन १५ गतेभित्रसम्ममा सबै योजनाहरुको सम्झौता गर्नका लागि ठेकेदार, परामर्शदाता तथा उपभोक्ता समितिहरुलाई अनुरोध गरेको थियो । अनुरोध बमोजिम बिनियोजित कूल ३३१ वटा योजनामध्ये २१२ वटा योजना सम्झौता भएको योजना अधिकृत चुननारायण श्रेष्ठले जानकारी दिए यो । उनका अनुसार सम्झौता भएकामध्ये ५७ वटा योजनाहरु सम्पन्न भइसकेका छन् । बिषयगत तालिम, गोष्ठी र सफ्टवेयरका ११९ वटा कार्यक्रमहरु मात्रै सम्झौता गर्न बाँकी रहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिममा हतारिएर योजना फरफारक र अनुगमन, मूल्यांकन गर्ने कार्यलाई निरुत्साहित पार्न यसबर्ष बैशाखभित्रै सबै योजनाहरु सम्पन्न गराउने तयारीका साथ काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । चालू आर्थिक बर्षको योजनाहरुको सम्पन्नतासँगै आगामी आर्थिक बर्षको योजना निर्माणका लागि पनि कार्यतालिका बनाएर काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । कार्यतालिका अनुसार आगामी आर्थिक बर्षको गाउँसभा २०७७ सालको असार २६ गते आयोजना हुने तयारी छ ।

हरेक बर्ष आर्थिक बर्षको अन्तिममा हतारिएर योजना फरफारक र अनुगमन÷मूल्यांकन गर्ने कार्यलाई निरुत्साहित पार्न यसबर्ष बैशाखभित्रै सबै योजनाहरु सम्पन्न गराउने तयारीका साथ काम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

चालू आर्थिक बर्षको योजनाहरुको सम्पन्नतासँगै आगामी आर्थिक बर्षको योजना निर्माणका लागि पनि कार्यतालिका बनाएर काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए । कार्यतालिका अनुसार आगामी आर्थिक बर्षको गाउँसभा २०७७ सालको असार २६ गते आयोजना हुने तयारी छ । साभारः मनहरीलाइभ डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*