होली नखेल्न मकवानपुर प्रहरीको आग्रह

बाइलाइन नेपाल
२५ फाल्गुन २०७६, आईतवार १५:२३

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस वर्ष होली नखेल्न जिल्लवासीलाई आग्रह गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण यस वर्षको होलीमा रंग तथा पानीको प्रयोग नगर्न सर्वसाधारणमा प्रहरी कार्यालयले आग्रह गरेको हो ।

प्रहरी कार्यालयले जनहितमा जारी गरेको सूचनामा रंग र पानीको प्रयोगले कोरोना भइरसको संक्रमण झन बढ्न सक्ने भएकाले यसवर्ष होली नखेल्न भनेको छ । संक्रमणबाट बच्नका लागि सबै नागरिक समयमै सचेत हुनुपर्ने भन्दै प्रहरीले सर्तकता अपनजाउन आग्रह गरेको छ ।

नेपाल सरकारले सभा, सम्मेलन तथा जमघट नगर्न जारी गरेको निर्देशन अनुसार अत्यावश्यक समयमा मात्र घर बाहिर निस्कन जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ । अनावश्यक रुपमा जमघट र घर बाहिर नजान नागरिकलाई प्रहरीले सूीचत गरेको छ ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, भेला तथा सर्वजनिक कार्यक्रम नगर्न र होली नखेल्न जिल्लाबासीमा आग्रह गरिसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*